‘न्यू इयर इभ’ मनाउने क्रममा ६० युवा प्रहरी नियन्त्रणमा

१७ पुष २०७४, सोमबार ०७:५२

पुष १७ ,काठमाण्डौं ।
‘न्यू इयर इभ’ मनाउने बहानामा होहल्ला र झै झगडा गर्दै उश्रृखंल गतीविधीमा संलग्न भएको आरोपमा ६० जना युवा प्रहरी नियन्त्रणमा छन् । गएराती ठमेल, दवरवारमार्गका साथै लाजिम्पाट क्षेत्रमा अराजक गतीििवध गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालित टोलीले ति युवाहरुलाई नियन्त्रण्मा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका ६० जना मध्ये ५९ पुरुष र एक महिला रहेका छन् भने पक्राउ परेका अधिकांशले मदिरा सेवन गरि झै झगडा गरेको प्रहरीको आरोप छ । 
इभलाई लक्षित गर्दै राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार क्षेत्रमा विषेश सुरक्षा व्यवस्था मिलाइएको थियो ।