नेपाली प्रवासी तामाङ समाज कतारद्वारा सोनाम पर्वको अन्यौल चीर्न आग्रह

२२ पुष २०७४, शनिबार १३:०६

पुष २२, काठमाण्डौं ।
२८५४ सोनाम ल्होछार खि नागी ल्हो(कुकुर वर्ष) फाल्गुण ४ गते मनाउनको लागि नेपाली प्रवासी तामाङ समाज कतारले अपिल गरेको छ । तामाङ समाज कतारले पुष १८ गते वर्तमान नेतृत्वले निकालेको ल्होछार सम्बन्धि अपिल पत्रप्रति आफुहरुको गंम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

तामाङ समुदायमा ल्हो फेर्ने माघ महिनामा र सोनाम ल्होछार पनि माघ महिना मै हुने भन्दै समाजले परापूर्वकाल देखि चल्दै आएको परम्परा र मान्यतालाई भुल्न नहुन समेत सचेत गराएको छ । राज्यबाट मान्यता प्राप्त एक मात्र छाता सँगठन नेपाल तामाङ घेदुङका साथै अन्य विभिन्न जनजातिहरुको संगठनले समेत सोनाम ल्होछार माघ शुक्लपक्ष प्रतिपदाको दिन भएको स्पष्ट भईसक्दा पनि विभीन्न किसीमले अतिरञ्जीत गर्दा आफनै चाडपर्वको महत्व घट्ने तर्फ पनि समाजले गंम्भीर हुन आग्रह गरेको छ ।

नेपाल सरकारले समेत जातिय पर्वलाई मन्यता दिई २०५१ सालबाट एक दिन सार्वजानिक विदा दिदै आईरहेको भएपनि अहिले वर्तमान नेतृत्वले गरेको अपिल र सोनाम ल्होछारको पूर्व सन्ध्यामा अनावश्यक जटिलता उत्पन्न गरि आम तामाङ समुदाय लाई मात्रै नभई सम्पूर्ण सोनाम ल्होछार प्रति श्रद्धा (आस्था) राख्ने सम्पूर्ण जनजाति तथा देश विदेशमा रहनु हुने शुभ चिन्तकह?मा अन्यौलता श्रृजना भएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सोनाम ल्होछार आउन करिव १ महिना समय अवधि नहुदा नेपाल तामाङ घेदुङ केन्द्रले निकालेको कृषि पात्रोमा समेत पहिले नै फाल्गुण ४ मा सोनाम ल्होछार उल्लेख गरेको भन्ने जस्ता तर्क अगाडि सारेर आफु पानी माथिको ओभानो बन्न खोज्ने बर्तमान नेतृत्वकर्ताको हैकमबाद प्रवृति तथा संस्थागत मुल्य मान्यता निरर्थक बनाउने र विगतमा गरेको सम्पूर्ण योगदानलाई समेत अपहेलना गरेकोमा नेपाल तामाङ समाज कतारले घोर विरोध गरेको समाजका अध्यक्ष तीर्थ थिङ तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यस किसिमको क्रियाकलाप प्रति नेपाल प्रवासी तामाङ समाज कतार असन्तुष्टि ब्यक्त गर्दै उक्त निर्णयको खण्डन र भत्सर्ना समेत गरेको महासचिव धीरेन तामाङ तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।