नेपाली खाना र संस्कृतिलाई विश्वस्तरमा लगिने

२१ पुष २०७४, शुक्रबार ०४:३२

पुस २१, काठमाडौं। स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो ।

कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म रहेका संस्कृति र नेपालको खानालाई विश्वसम्म पु¥याउन उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।

“नेपालको इटहरी, सौराहा, जनकपुर, पोखरा, नेपालगञ्ज लगायतका क्षेत्र र विश्वका टर्की, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायतका ७० मुलुकमा कार्यक्रम लैजान लागेका छौँ”– संयोजक बस्नेतले बताए।

उक्त अभियानले नेपालमा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।