नेपालले पहिलोपटक नेत्रहीन विश्वकप क्रिकेट खेल्ने

१८ पुष २०७४, मंगलवार ०४:२४

पुस १८, काठमाडौं । नेपालले पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक सहभागीता जनाउँदै छ । टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो । टी–२० विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसकेको नेपालले एकदिवसीय विश्वकपलाई स्मरणीय बनाउने लक्ष्य राखेको छ ।

७ देखि २१ जनवरीसम्म सञ्चालन हुने एकदिवसीय विश्वका पाकिस्तान र दुबईले संयुक्त रुपमा आयोजना गर्दै छन् । नेपालले विगत पाँच महिनादेखि आफ्नो चार संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको संघका अध्यक्ष घिमिरेले बताए । नेपालले यो पटक भने सहभागितालाई ठूलो सफलताको रुपमा लिएको छ । सीमित स्रोत–साधनका कारण नेपाली नेत्रहीन क्रिकेट टिम आफ्नो सहभागितालाई नै ठूलो सफलताको रुपमा लिन बाध्य छ । यसअघि नेत्रहीन क्रिकेट संघले अपर्याप्त स्रोतमा आफ्नो छोटो समयको तयारी गरेको थियो । गत भदौमा टिम छनौट गरेको संघले १५ दिन मात्र विशेष क्याम्प राख्न बाध्य भयो । तर, संघ, खेलाडी र स्वयम् प्रशिक्षक भने कम लगानी र थोरै समयमै विश्वकपमा आफूहरुले ऐतिहासिक सफलता देखेको बताउँछन् ।