नाइट क्लबमा गोली चल्दा, २ बालबालिकासहित १४ जनाको मृत्यु

१४ माघ २०७४, आईतवार १०:२२

माघ १४, काठमाडौं । (एजेन्सी)

ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । तीनवटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।

मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् ।