दूषित पे्रmन्च दूध फिर्ता

२ माघ २०७४, मंगलवार ०८:३०

माघ माडौं । (एजेन्सी)२, काठ

फ्रान्सको दुध उत्पादन कम्पनी ल्याक्टलिसले आइतबार साल्मोनेल्ला काण्डको कारण विश्वका ८३ वटा देशबाट १ कराड २० लाख बाकसभन्दा बढी धूलो बेबी मिल्क फिर्ता ल्याउन आह्वान गरेको छ ।
उक्त डेरी फर्मका प्रमुख कार्यकारिणी अधिकारी इमान्ययल बेस्नियरले उक्त दुध दूषित भएको सञ्चारमाध्यसमक्ष पुष्टि गरेका छन् ।

दुध कारखानामा साल्मोनेल्ला ब्याक्टेरिया भेटिएपछि गत डिसेम्बरदेखि दुध उत्पादन बजारबाट फिर्ता लिने निर्णय गरिएको हो । थुप्रै अभिभावकले यो दुध खाएर आप्mना बच्चाहरु बिरामी भएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् । कम्पनीका एक प्रवक्ताले उक्त दुध निर्यात गरिएका युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुकहरुलाई दुषित दुधको बारेमा सूचना पठाइसकेको बीबीसीलाई बताएका छन् ।

   तर संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र अस्ट्रेलियामा पठाइएको दुध भने ठीक भएको पनि उनले बताएका छन् । 

ल्याक्टालिस विश्वकै सबैभन्दा ठूलो दुग्ध उत्पादन कम्पनीमध्ये एक हो । यसले वर्षको २१ अर्ब अमेरिकी डलरको कारोबार गर्दछ ।