तिर्थालुहरुबाट यातायात शुल्क नलिने

१७ पुष २०७४, सोमबार १०:२८

पुस १७, काठमाडौं ।
मन्जिल कन्दङ्वा ।(स्रोत र तस्बीर–नवराज गुरुङ)

प्रत्येक वर्ष लाग्दै आएको शालिनदी मेला आजबाट शुरु भएको छ । उक्त मेलाको अवसरमा तीर्थालुहरूबाट उठाइने गरिएको सवारीसाधन शुल्क अब नलिने निर्णय भएको छ । शंखरापुर नगरपालिकामा हिजो नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, इलाका प्रशासन कार्यालय साँखुका प्रमुख चन्द्रप्रसाद गैरे, शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडा, महानगरीय प्रहरी विभाग साँखुका प्रमुख प्रकाश बुढाथोकी, शंखरापुर नगरपालिका वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, साँखु बस व्यवसायी समितिका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठ, सचिव एल पी श्रेष्ठ तथा शालिनदी मेला व्यवस्थापन समितिका प्रतिनिधिको उपस्थिति थियो ।

निर्वाचित जनप्रतिनिधिको आगमन पछि भएको यस निर्णयबाट सर्वसाधारण तथा मेला भर्न आउने भक्तजनहरूले राहत महशुस गर्ने अपेक्षा गरिएको स्थानिय नवराज गुरुङले जानकारी दिए । साथै यसले ट्राफिक व्यवस्थापनमा समेत सहयोग पु¥याई मेलालाई व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।
बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।