तस्करकाे संरक्षणमा पर्सा प्रहरी

२२ पुष २०७४, शनिबार १२:२२
पुस २२, वीरगंज। समाजमा शान्ति सुरक्षा स्थापनार्थ खटिनु पर्ने प्रहरी नै अपराधी र तस्करसंग मिलेर तस्करी गराएको आरोपमा पटक पटक कारवाही भोगेका व्यक्तिलाई पर्सा प्रहरीले पुरस्कार स्वरुप क्राइमको इन्चार्जको जिम्मा दिएको छ ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले संगठनकै नीति विपरित हिँड्ने प्रहरी नायव निरीक्षक प्रमोद प्रसाद साहलाई जिल्ला प्रहरी कार्यालयमा क्राइमको इन्चार्जको जिम्मेवारी सुम्पेका हुन् । आफ्नो विश्वास पात्र मानिएका प्रहरी निरीक्षक सन्तु जयसवाल सरुवा भएर सर्लाहि गए पछि रेग्मीले अर्का विश्वासपात्र साहलाई क्राइमको इन्चार्जमा झिकाएको बुझिएको छ । साहको पनि महानगरीय प्रहरी बृत्त कमलपोखरी काठमाडौँमा सरुवा भइसकेको भए पनि अहिले सम्म जिल्लामै राखिएको छ ।
उनि सरुवा भए पनि लामो समयदेखि प्रमुखहरुसंग नजिक रहेर पर्सामै रहँदै आएका छन् । क्राइमको जिम्मेवारी लिएसंगै साहले तस्कर र अपराधीलाई संरक्षण गर्ने र निर्दोषलाई फसाउन तल्लिन रहेको भेटिएको छ । यस्तै लामो समयदेखि क्राइममै रहँदै आएका प्रहरी जवान राजु प्रसादको पनि प्रहरी चौकि बेथान रामेछाप सरुवा भइसकेको छ । प्रहरी प्रधान कार्यालयले सरुवा गर्ने लिस्टमा राजुको नाम रहने गरेपनि उनि भने जिल्लाका प्रहरी अधिकारीलाई नजिक बनाएर अन्यत्र नजाने गरेको भेटिएको हो ।
यसैबीच प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले तोकिएकै स्थानमा आफ्ना प्रहरी जवान तथा अधिकृतहरु जानु पर्ने बताए । प्रधानकार्यालयले तोकेर सरुवा गरिसके पछि सम्बन्धित जिल्लाका प्रमुखहरुले अत्यावश्यक बाहेक सरुवा भइसकेको स्थानमा माताहतका कर्र्मचारी पठाउनु पर्ने प्रवक्ता नेउपानेले बताए । सरुवा भइसके पनि तोकेको स्थानमा नजानेलाई कारवाहि अगाडी बढाइने पनि उनले बताए ।