डेलकी छोरीको इन्गेजमेन्टमा ३० करोडको औँठी

१७ पुष २०७४, सोमबार ०८:१६

पुस १७, काठमाडौं ।
अलेक्सा डेल वास्तवमा कुनै राजकुमारी भन्दा कम छैनिन् र उनी छिटै रियल स्टेटका धनाढ्य हेरिसन रेफिओसँग बिहे गर्दैछिन् ।
विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलका मालिक माइकल डेलकी छोरी हुन् अलेक्सा । माइकलको कुल सम्पत्ति २३ अर्ब ७० करोड डलर रहेको छ र उनी विश्वका अर्बपतिहरु को ३७ औँ नम्बरमा पर्दछन् ।


उनकी छोरी अलेक्सा आफै पनि एक व्यवसाय विकास रणनीतिज्ञको रुपमा एउटा कम्पनीमा पछिल्लो ४ वर्षदेखि काम गरिरहेकी छिन् । यिनै अलेक्साको रियल स्टेटका धनाढ्य तथा उनका ब्वाइफ्रेण्ड हेरिसनसँग इन्गेजमेन्ट भएको छ ।
आखिर दुई अर्वपतिका छोराछोरीबीचको इन्गेजमेन्ट चानचुने हुने कुरा भएन । इन्गेजमेन्टमा आफ्नो हुनेवाला लोग्नेले विशेष औँठी ल्याउँछन् भन्ने त अलेक्सालाई अनुमान थियो ।
तर यतिधेरै महंगो ल्याउलान भन्ने कल्पना सायद गरेकी थिइनन् । हेरिसनले क्रिसमसको दुई दिन पछि हवाईटापुको कोना तटीय क्षेत्रमा रहेको एकहोटलमा भव्य समारोहबीच अलेक्सालाई बहुमूल्य औँठी लगाइदिएर इन्गेजमेन्ट गरेका छन् ।
उक्त आँैठीमा १२ क्यारेटका निकै सुन्दर तथा बहूमूल्य हिरा जडित थियो । हिराजडित उक्त औँठीको मूल्य तिस लाख डलर पर्दछ । अलेक्साले आफ्नो हुनेवाला लोग्नेले इन्गेजमेन्टमा दिएको त्यो शानदार औँठीलाई सोसल मिडियाबाट सार्वजनिक गरेकी छिन् ।


अलेक्साको उमेर २४ वर्ष छ भने हेरिसनको उमेर ४० वर्ष पुगिसकेको छ ।
अलेक्सा आफ्नो आमाबुवाको च्यारिटी संस्थामा पनि काम गर्दछिन् र लक्जरी लाइफ बिताउने बानी उनलाई परिसकेको छ । उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन् । २० वर्षकी छँदा उनले सोसल साइट टिन्डरका सिइओसँग डेट गरिसकेकी छिन् ।
उता हेरिसन भने लो प्रोफाइलमै रहन रुचाउँछन । हेरिसन पछिल्लो पटक तब चर्चामा आएका थिए जब उनले हलिउडमा रहेको आफ्नो एक बहुमूल्य अपार्टमेन्टमा भाडामा बस्ने क्रममा क्षति पूराइदिएको आरोपमा बेलायती गायिका तथा अभिनेतृ केली ओसबोर्न विरुद्ध मुद्दा हाले ।