जुवा खेलाउने केडिया रहेको खुलासा, समाचार लेख्ने पत्रकारमाथि प्रहरीले गरेन् न्याय

२३ पुष २०७४, आईतवार ०६:४०

पुष २३, विराटनगर ।
न्यु ईयरको दिन सांस्कृतिक कार्यक्रम गराउने स्वीकृतिमा अवैध जुवा तास संचालन गर्ने मुख्य पात्र विराटनगरका व्यपारी अभिषेक केडिया रहेको खुलासा भएको छ ।

न्युईयरको उपलक्ष्यमा विराटनगरको अतिथी सदनमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा केडियाले ठुलो धनराशिको जुवा खेलाएको खुल्न आएको हो । व्यवसायीक हिसावले दोस्रो पक्षलाई वेचेको स्टलमा केही गरै कानुनी खेल खेलाईएकोले द्रोश्रो पक्ष नै जिम्मेवार हुनु पर्ने आयोजकको भनाई रहेको छ । केडियाले १० हजारमा किनेको स्टलमा दुईदिनमा १ करोडको भन्दा वढी कारोवार भएको र जुवा खेलाउने केडीयाले २० लाख भन्दा वढी नाफा कमाएको स्रोतको दावी छ । अतिथिसदनमा केडियाको तासको स्टलसगै अन्य ११ वटा मनोञ्जनात्मक स्टलहरुपनि रहेको थियो । उक्त स्टलहरुमा पनि सय पचासका खेलहरु भएको स्रोतको दावी छ ।

यता प्रहरीले जुवा खेलाउने व्यापारीलाई समात्न सकेको छैन् ।  उक्त विषयमा जाचपाड्ताल गर्न आरोपित केडियालाई पत्रकार दिनेश खड्काले बिहिवार राति फोन सम्र्पक गरेका थिए । जुवाको विषयमा लगातार फलोअप न्युज लख्दै आएका पत्रकार खड्कालाई केडियाले अपशव्द प्रयोग गरेको पत्रकार खड्काको आरोप छ ।  उक्त विषयलाई लिएर पत्रकार खड्काले वडा प्रहरी कार्यलय विराटनगरमा मौखिक उजुरी गरपनि प्रहरीले चासो नदिएको खड्काको भनाई छ । प्रहरी निरिक्षक रामचन्द्र शाहले व्यापारीको पक्षपोषण गरेको पत्रकार खड्काको आरोप छ । जुवा खेलाउने व्यापारीलाई प्रहरीले संरक्षण गरेको खड्काको आरोप छ ।

ग्रैहकानूनी किसीमले जुवा खेलाउने जुवाडेहरुको विरुद्ध कारवार्ही गर्न नसक्दा पत्रकारले समाचार लेखेकै आधारमा धम्की खानु उचित नभएको पत्रकार महासंघ मोरङ  सदस्य कौशल निरौलाको भनाई रहेको छ ।