चिसोले कठ्यांग्रिएर एक महिलाको मृत्यु

१८ पुष २०७४, मंगलवार ०९:३१

पुस १८, महोत्तरी ।
महोत्तरी गाउँपालिकामा चिसोले कठ्यांग्रिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । निरन्तर चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घरनजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्कंदा कठ्यांग्रिएकी थिइन् । गएको पन्ध्र दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भइ यहाँका मानिस, पशुपक्षी र बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित भएको राससले समाचार लेखेको छ ।