क्यान इन्फोटकको बुटवलमा तयारी तिव्र

२० पुष २०७४, बिहीबार ०८:३२

तेजेन्द्र के.सी.

पुष २०, बुटवल ।

कम्प्युटर एशोसियसन नेपाल महासंघ रुपन्देहीको आयोजनामा वुटवलमा हुन लागेको स्टाटप क्यान इन्फोटेक –२०१८ को तयारी तिव्र पारिएको छ ।


फागुन २ गतेदेखी ६ गते सम्म वुटवल मण्डप वुटवलमा आयोजना हुन लागेको ७ औ संस्करणको इन्फोटेकको तयारी तिव्र पारिएको आयोजकले जनाएका छन । इन्फोटेकको संरक्षक क्यान महासंघ रहेको छ ।
सेक्युरिटी प्रोडक्टलाई विशेष महत्व दिन लागिएको उक्त इन्फोटेकमा सुचना प्रविधी सम्वन्धी जानकारी दिन, स्टल प्रर्दशन, कन्फेन्स प्रतियोगिता लगायतका कार्यक्रम राखिएको छ । इन्फोटेकमा १ सय ५० भन्दा वढि स्टल रहने र २ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य लिएको इन्फोटेकका संयोजक एवं क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

सूचना प्रविधी प्रर्दशनी अवलोकनको लागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिईने आयोजकले जनाएका छन । संस्थागत रुपमा आधिकारित पत्र सहित आएमा सरकारी विद्यालयका विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिने बताईएको छ । इन्फोटेकको टाईटल स्पोन्सर रहेको इन्फोटेक सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । क्यान महासंघले सन १९९५ देखी राजधानी काठमाडौमा इनफोटेक शुरु गरेको भएतापनि क्यान लुम्विनीले सन २००२ मा राजधानी वाहिर पहिलो पटक बुटवलमा क्यान इन्फोटेक आयोजना गरेको थियो । सूचना प्रविधी प्रर्दशनी सम्पन्न वनाउन सवैको दायित्व भएको बताउदै क्यान महासंघका उपाध्यक्ष नवराज कुंवरले सरकारले अघि सारेको स्मार्टसिटीको अवधारणालाई सार्थक वनाउन इन्फोटेक फलदायी हुन सक्ने बताए ।

क्यान महासंघका पदाधीकारीलाई सम्मान
बुटवल, १९ पुस । कम्प्युटर एशोसियन नेपाल महासंघ रुपन्देहीले हालै सम्प्न्न महासंघको अधिवेशनवाट निर्वाचित पदाधीकारीहरुलाई एक कार्यक्रमविच वुटवलमा सम्मान गरेको छ ।


क्यान महासंघ रुपन्देहीले नव निर्वाचित केन्द्रिय उपाध्यक्ष नवराज कुंवर, केन्द्रिय सदस्य रेशम गिरी, प्रदेश नं ५का अध्यक्ष धु्रवराज शर्मा, उपाध्यक्ष रोशन कडेल, सचिव कृष्ण वलि, सह सचिव भोटराज भट्टराई, कोषाध्यक्ष प्रशान्त टण्डन लगायत पदाधीकारी र सद्स्यहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा केन्द्रिय उपाध्यक्ष नवराज कुंवरले सुचना प्रविधीको विकासक्रमसंगै यसलाई पच्छाउनेहरुले विश्वमा सफल भएको बताए । उनले विकसित सूचना प्रविधीलाई ग्रामिणतह सम्म पुराई मुलुुकको समग्र विकासको लागि उपयोगि शिद्ध गर्न सरोकारवालाहरु लाग्नु पर्ने बताए ।

क्यानका प्रदेश अध्यक्ष धु्रवराज शर्मा सुदिपले सममाननले अझै जिम्मेवारी थपएिको महसुस भएको बताउदै ग्रामिण क्षेत्रलाई सुचना प्रविधीसंग जोड्न क्यानले पहल गर्ने बताए । कार्यक्रममा रुपन्देही व्यापार संघका वरिष्ट अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग वाणिजय संघका महासचिव दिनेश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी, क्यान रुपन्देहीको पुर्व अध्यक्ष विष्णुमान वज्राचार्य, क्यान रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ, सचिव विर वहादुर क्षेत्री, स्टाटपका म्यानेजिङ डाईरेक्टर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।