कोकिनसहित दुई विदेशी पक्राउ

५ माघ २०७४, शुक्रबार ०९:५३

माघ ५, काठमाडौं ।
झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरत छन् ।

 


प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।