किन दियो अनेरास्ववियुले मानवअधिकार आयोगमा उजुरी ?

२५ पुष २०७४, मंगलवार ०८:११

पुष २५, काठमाण्डौं ।
अनेरास्ववियुले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा लाठी र अँश्रु ग्यास प्रहार भन्दै प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

पुस १८ गते इन्धनको मूल्य बृद्धिबिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अमानवीय ढंगले प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारबाहीको माग स्वरुप  मंगलबार आयोगमा उजुरी हालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।उक्त आन्दोलनका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर र शेखर बोहरा लगायत घाइते भएका थिए । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीलाई कारबाहीका लागि आफूहरु अदालत जाने तयारीमा रहेको समेत सचिव लामिछानेले बताए ।