कञ्चनपुरमा साना उद्योग फस्टाउदै, रोजगारी सीर्जनासँगै आर्थिक रुपमा सवल बन्दै स्थानीय

२६ पुष २०७४, बुधबार १०:५५

पुष्कर भट्ट
पुस २६, कञ्चनपुर
कञ्चनपुरका ग्रामीण क्षेत्रमा साना उद्योगहरु फस्टाउन लागेका छन् । केही बर्षयता कञ्चनपुरमा भारतबाट पापड तथा डुनट , पाउरोटी, समोसा आउने गरेको थियो ।

 

तर, हाल स्थानीय स्तरमै पापड तथा बेकरी उद्योग फस्टाउन थालेपछि उपभोक्तलाई ताजा पापड तथा डुनट,क्रिमरोल,केक, पाउराटी , समोसा उपभोग गर्न पाईएको छ । थोरै लगानीबाट शुरुवात गरिएको कृष्णपुर नगरपालिका–४ मौवाफाँटाको खप्तड पापड उद्योग र महाकाली नगरपालीका ७ दोधाराको कृष्ण बेकरी उद्योगले अहिले लाखौँको कारोबार गरिरहेको छन । खप्तड पापड उद्योगका संचालक भुवन सिह कार्कीले ३ बर्षदेखि उद्योग संचालनमा ल्याएको बताए । कार्कीले बार्षिक २० लाख बढिको कारोबार हुने गरेको बताए ।

 

यस अघि कच्चा पदार्थ समेत भारतबाट ल्याएर पापड उत्पादन गर्ने उद्योगले हाल नेपालबाटै कच्चा पदार्थ ल्याएर पापड उत्पादन गरिएको छ । अत्तरियामा चियानास्ता पसल संचालन गरेका कार्कीले भारतीय पापड बिक्रेताबाट प्रेरणा पाएर घरमै उद्योग खोलेका थिए । घरमै सदस्यले खाली समयमा काम गर्ने र बाहिरका १० जनालाई रोजगारी दिएको संचालक कार्कीले बताए ।

 

 

कार्कीले पापड उद्योग बाट भएको आम्दानी ले ४ कोठे पक्की घर बनाएका छन र उनले सोही उद्योग को आम्दानी बाट मिनिट्रक समेत किनेका छन ।

 

 

कच्चा पदार्थ सुदूरका पहाडी जिल्लामा थोकमा पठाउने गरेको कार्कीले बताए । यस्तै महेन्द्रनगर, धनगढी, अत्तरिया र स्थानीय बजारमा पापड खपत गर्ने गरेको बताए ।

 

४ बर्ष अगाडी सम्म अर्काको बेकरी उद्योगमा कामदार रुपमा काम गर्दै आएका कृष्णको अहिले पहिचान फेरीएको छ । महाकाली नगरपालीकाको बाबाथान बजारमा उनले संचालनमा ल्याएको बेकरीमा ५ जना लाई रोजगारी पनि दिएका छन । कृष्ण लाई बेकरी उद्योग संचालन मा उनकी श्रीमती ले पनि सघाएकी छन ।

 

 

उनको उद्योगमा मैदाबाट बन्ने बिभिन्न परिकार उत्पादन हुने गर्दछन जसमा डुनट,क्रिमरोल,रस,पाउरोटी,केक,समोसा प्रमुख रहेका छन । उन को उद्योग को उत्पादन ले महाकाली नगरपालीका मात्रै नभई कञ्चनपुर जिल्ला भरी नै बजार लिएको सुनार बताउछन । प्रति महिना ३० जजार देखी ३५ हजार सम्म बचत हुने बताएदै सुनार ले उद्योग संचालनमा ल्याएपछि उद्योग को कमाईबाट ६ कट्टा जमिन किनेका छन भने पक्की घर पनि बनाएका छन र दुई जना छोराछारी लाई निजी बोर्डिङ स्कुल मा भर्ना गराएका छन ।