उत्तर कोरिया ओलम्पिकमा सहभागी हुने

२६ पुष २०७४, बुधबार ०८:५९

पुस २६, काठमाडौं ।
उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन खेलमा आफ्नो सहभागिता रहने बताएको छ ।
दुई कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो ।


उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरु फेबुअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो ।
सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाका वार्ता टोलीका एकजना सदस्य सोलमा जानकारी दिएका छन् ।
उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीच सन् २०१५ पछि अर्थात् दुई वर्षयता पहिलोपटक वार्ता भएपछि यो घोषणा भएको हो ।