आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा लगाए आगो

४ माघ २०७४, बिहीबार ०६:३९

मान्जिल कन्दङ्वा
माघ ४, काठमाडौं ।

प्रदेश नं १ को राजधानी धनकुटा बनाइनु पर्ने माग आन्दोलनरत धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।
उनीहरुले आज बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको, जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी गरएको छ । तत्कालै भने क्षेत्रीय प्रशासन कार्यालयको सञ्चार सेवामा भने समस्या आई रहेको छ ।

आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटाका स्थानिय रिजेस राईले जानकारी गराएका छन् । धनकुटालाई यस अघि पनि पटक–पटक प्रदेश राजधानी तोक्न आन्दोलनहरु भएको थियो ।