अहिलेसम्म २५ जनाले किनिसके अढाई करोडको नङ पालिस

१७ माघ २०७४, बुधबार ११:०१

माघ १७, काठमाडौं । (एजेन्सी)

आजसम्म तपाइँले कतिसम्म महंगो नङ पालिसका बारेमा सुन्नुभएको छ ? अढाई करोड रुपैयाँ मूल्य पर्ने नङ पालिसका बारेमा थाहा छ ? छैन होला ।

Azature नामको यो नङ पालिस विश्वकै सबैभन्दा महंगो नङपालिस हो । यो पालिसको विशेषता के भने यसमा २६७ क्यारेटको कालो हिराको प्रयोग गरिएको छ । सोही बहुमूल्य हिराका कारण यो नङ पालिस अढाई करोड मूल्यको बनेको हो ।


अढाई करोडको यो नङपालिस अहिलेसम्म कति जनाले खरीद गरे होलान् ? भन्ने प्रश्न गर्नुहोला ।

समाचार अनुसार यो नङपालिस अहिलेसम्म २५ जनाले मात्र किनेका छन् । ५ सय ७६ जना मानिसले यो नङपालिसका लागि अर्डर दर्ता गरेका छन् ।