अन्तिम मतपरिणाम सार्वजनिक गर्ने

३ माघ २०७४, बुधबार ०७:०७

माघ ३, काठमाडौं ।

निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिकको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले समानुपातिक तर्फको सिट बाँडबाँट गरी आवश्यक सबै प्रक्रिया सकेकाले अन्तिम परिणाम सार्वजनिक गर्न लागेको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो ।

सरकारले आज प्रदेश प्रमुख नियुक्त गरे, आजै साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारीमा आयोग रहेको उहाँले बताउनुभयो । सरकारले प्रदेश प्रमुख नियुक्त नगर्दा आयोगले प्रदेशसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम परिणाम होल्ड गरेको छ ।

अन्तिम परिणाम सार्बजनिक भएको सात दिन भित्र प्रदेश प्रमुखसंग सपथ लिनुपर्ने कानुनी बाध्यताका बीच आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गरेको हो ।सरकारको निर्णयपछि आयोगले बाँकी प्रक्रिया अघि बढाउने प्रबक्ता ढकालको भनाई छ ।