अन्डर–१९ विश्वकपमा भारतले पाकिस्तानलाई २०३ रनले हरायो

१६ माघ २०७४, मंगलवार १०:२७

माघ १६, काठमाडौं ।

न्युजील्यान्डमा भइरहेको अन्डर–१९ विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई २०३ रनको विशाल स्कोरले हराएको छ

टस जितेर ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकका मद्दतले २७२ रन बनायो । जवाफमा पाकिस्तान जम्मा २९.३ ओभरमा ६९ रनमा अलआउट भयो

भारतका लागि दायाँ हाते फास्ट बलर ईशान पोरेलले चार विकेट लिए । पाकिस्तानका स्टार ब्याट्स्म्यान अली जफरयाब जम्मा एक रनमा आउट भए ।

पाकिस्तानको इनिङको पहिलो १२ ओभरमध्ये ६ वटा त मेडन नै थियो ।

सन् २०१४ पछि पहिलोपटक भारत र पाकिस्तानबीच अन्डर–१९ टुर्नामेन्टको पहिलो म्याच थियो

अब शनिवार हुने फाइनलमा भारतको प्रतिस्पर्धा अस्ट्रेलियासँग हुनेछ ।

ईशान पोरेलले मध्यम पेसमै लेन्थ र स्विङका मद्दतले शुरुमै लगातार चार विकेट लिए । पाकिस्तानका शुरुवाती क्रमका ब्याट्स्म्यान उनका अगाडि टिक्न सकेनन् ।

उनीबाहेक शिवा सिंह र रियान परागले दुई दुई विकेट लिए ।

यसअघि शुभमन गिलले ९४ बलमा शतक बनाएका थिए । उनले सात चौका प्रहार गरेका थिए ।