“अनमोल क्यारेक्टरमा निकै डिसेन्ट छ ”

३ माघ २०७४, बुधबार १०:३२

 

माघ ३, काठमाडौं ।

माघ २६ बाट प्रदर्शनमा आएकोे बहुप्रतिक्षित अनमोल केसी स्टार फिल्म ‘कृ’को पब्लिसिटीका क्रममा राजधानीमा आयोजित पत्रकार भेटघाटमा फिल्म ‘कृ’बाट डेब्यु गरेकी नायिका अदिति बुढाथोकीले सम्बोधन गरेकी थिइन् ।

इन्डियाबाट मोड्लिंग सुरुवात गरी ‘कृ’मा आबद्ध भएको र तेलगु फिल्ममा समेत काम गर्न लागेको जानकारी उसै कार्यक्रममा प्रस्तोता नरेश भट्टराईले साथै अदितीले पनि दीएकी थिइन् ।

एक गाउँले केटीको भूमिकामा ‘कृ’मा आबद्ध अदितीले बोल्दै आफू नेपाली फिल्ममा अझै लागी पर्ने र राम्रो कथा आएमा फिल्महरु गर्दै जाने बताएकी थिइन् । अदितिले अनमोलसँग काम गर्दा निकै रमाइलो भएको साथै अनमोल निकै डिसेन्ट, गूड क्यारेक्टरको भएको बताकी थिइन् ।