अज्ञात समुहको गोली प्रहारबाट फर्निचर व्यवसायी पौडेलको मृत्यु

२१ पुष २०७४, शुक्रबार ०७:२३

पुस २१, काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको छ ।

गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो । अज्ञात समूहको गोली प्रहारबाट घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा आएको समूहले करिब ११ बजे गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । पौडेल काठ मिल सञ्चालक समेत रहेकाले लेनदेनको विवादका कारण गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।