“ओमशान्ति तपस्या भवन” उद्घाटन

२९ मंसिर २०७४, शुक्रबार ०७:०३
तेजेन्द्र के.सी.
मंसिर २९ , बुटवल ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालको क्षेत्रीय प्रशिक्षण केन्द्र भैरहवाले सियारी गाँउपालिका अमुवा बजारस्थित आफ्नो शाखाको नव निर्मित “ओमशान्ति तपस्या भवन” एक समारोहका विच उद्घाटन गरेको छ ।

सियारी गाँउपालिका अमुवा बजारस्थित आफ्नो शाखाको नव निर्मित “ओमशान्ति तपस्या भवन” एक समारोहका विच आज उद्घाटन गरेको छ । भवन एक कट्ठा क्षेत्रफलमा फैलिएको भवनको विश्व विद्यालय नेपालका संरक्षक राजयोगिनी ब्रह्माकुमारी सुरेन्द्र दिदीले उद्धान गर्नु भएको छ । भवन बनाउन साठी लाख लागत लागेको जनाइएको छ । सभा कक्ष समेत रहेको एक तले भवन निर्माणमा ब्रह्माकुमारी परिवारका सदस्यहरुका साथै स्थानीय वासिन्दा, विभिन्न उद्योग र तत्कालिन अमुवा गा।वि।स।बाट समेत केही आर्थिक र जिन्सी सहयोग प्राप्त भएको थियो । ब्रह्माकुमारी शान्ति दिदीले भौतिक विकासको सदुपयोगका लागि आध्यात्मिकता अपरिहार्य रहेको बताउनु भयो ।

?