२७ लाख ४५ हजार ठगी गरी फरार व्यक्ति पक्राऊ

४ पुष २०७४, मंगलवार ०२:१९

पुस ४, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको ०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई हिजो बाँसबारीबाट पक्राउ गरेको हो ।

पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए । पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, ०६४ विपरीतको कसुर बमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।
–रासस