सेनाले बाँड्यो दाउरा र चिया

५ पुष २०७४, बुधबार ०८:५३

पुस ५, महोत्तरी ।
महोत्तरीमा विगत चार दिनदेखि जाडो बढेपछि बिहान नेपाली सेनाले जलेश्वरमा दाउरा तथा चिया वितरण गरेको छन् ।
महोत्तरीमा एक्कासी आएको मौसममा परिवर्तन तथा लगातार आएको हुस्सु र कुहीरोले गर्दा यहाँका स्थानीयहरुमा जाडो काट्न मुस्किलको स्थिति सृजना भएपछि महोत्तरी जिल्लाको सदरमुुकाम जलेश्वर परिकैलीस्थित फ्स्ट राईफल गणका नेपाली सेनाले जलेश्वरको ४ सार्वजनिक स्थलहरुमा दाउरा बाल्नुका साथै चिया वितरण गरेर माहोल न्यानो बनाउने कोसिस् गरेका छन् ।


नेपाली सेनाले सर्वसाधारणहरुलाई आगो ताप्न जलेश्वरको दुर्गा चोक, बुद्धिजीवी चोक, र खैरा चोकमा दाउरा बाल्नुका साथै त्यहाँ चियासमेत वितरण गरेका नेपाली सेनाका गणपति कृष्ण खडकाले बताए । उनले जाडो बढेपछि खास गरी रिक्सा, ठेला चलाउने, मजदुरी गर्ने मिस्त्रीहरु, असहाय लगायत स्थानीय सर्वसाधारणहरुले आगो तापेर तथा चिया खाएर राहातको महसुस गरेका छन् ।