सुनसरी क्षेत्र नम्बर ३ मा गच्छदारले घटाउँदै मतान्तर, चौधरीभन्दा १ सय ५५ मतले मात्र पछाडी

२५ मंसिर २०७४, सोमबार ०५:१४

मंसिर २५, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर कम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार गच्छदार १ सय ५५ मतले पछि परेका छन्।
नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २९ हजार ३ सय २६ मत पाउनु भएको छ पाएकी छिन्। गच्छदारको २९ हजार १ सय ७१ मत छ । अब झण्डै २० हजार मत गणना गर्न बाँकी छ ।