साउदी अरेबियामा अड्किएका ३ वटा शव नेपाल ल्याइँदै

२६ मंसिर २०७४, मंगलवार ०३:०८

मंसिर २६, काठमाडौं । साउदी अरेबियामा लामो समयदेखि अड्किएका ३ जना नेपालीको शव नेपाल आउने भएको छ । साउदी अरेबियास्थित नेपाली दूतवासको सक्रियतामा उनीहरुको शव नेपाल पठाउने टुंगो लागेको साउदी स्थित नेपाली राजदूत प्रध्यापक महेन्द्रप्रसाद सिंहले जानकारी दिए । ‘सोमबार साउदी अरेबियाका श्रममन्त्री डा. अलि बिन अल गार्फिससँग मैले औपचारिक भेट गरी मृत्यु हुनेहरुलाई दिन बाँकी रहेको बक्यौता कम्पनीबाट असुल गर्ने गरी शव नेपाल पठाउने सहमति भएको छ ।,’ राजदूत प्रा सिंहले बताए ।

Dead body in a mortuary

मृतकहरु पदमबहादुर केसी, रमेश विक र भीमबहादुर केसीको शव नेपाल पठाउने विषयमा मन्त्रीसँग सहमति भएको उनले जानकारी दिए । ‘मृतक पदमबहादुर केसीका लागि ५३ हजार साउदी रियाल (करिब १४ लाख ५५ हजार रुपियाँ) को चेक तयार भएको छ,’–राजदूत सिंहले बताए । त्यस्तै, रमेश विकको शन्र्दभमा भने साउदीस्थित उनका कफिल (स्पोन्सर) को सिस्टम नै त्यहाँको श्रम कार्यालयले बन्द गरिदिएपछि उसले नै बक्यौता रकम दिएर शव पठाउन तयार भएको उनले जानकारी दिए । भीमबहादुरको शन्र्दभमा भने तत्कालका लागि नेपाली राजदूतबासले खर्च बेहोरी शव पठाउने र बिलबमोजिमको रकम उनले काम गर्ने कम्पनीले पछि दुतावासलाई दिने सहमति भएको राजदूत सिंहले बताए ।

श्रमको सम्झौताको विषयमा छलफल
साउदी अरेबियाका श्रममन्त्री डा. अलि बिन अल गाफिस र उपमन्त्री डा. अब्दुल अजिजसँगको छलफलमा दुई मूलुकबीच जतिसक्दो छिटो श्रम सम्झौत ागर्ने सहमति भउको राजदूत प्रा. सिंहले जानकारी दिए । त्यसका लागि दुइपक्षिय छलफललाई थप सघन बनाउने सहमति भएको पनि उनले बताए । साउदी अरेबियामा लाखौँको संख्यामा औपचारिक श्रम सम्झौता भने हुनसकेको छैन् । –नयाँ पत्रिका