समानुपातिकको मतगणना सुरु, नेपाली कांग्रेस पहिलो, चौथो स्थानमा नयाँशक्ति

२३ मंसिर २०७४, शनिबार ०७:२८


मंसिर २३, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ ।

त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपारफोरमले २र२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।