वैदेशिक रोजगारका महानिर्देशकसहित २ विरुद भ्र्रष्टचार मुद्दा दायर

५ पुष २०७४, बुधबार १०:१०

पुस ५, काठमाडौं ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेसहित शाखा अधिकृत कृति वल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई भ्रष्टचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विभागका महानिर्देशक सहित दुई जनाविरुद विशेष दश लाख विगोसहित भ्रष्टचारको मुद्दा दायर गरेको हो ।


उनीहरुले म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीकोतर्फबाट सर्वाेच्च अदालतमा मुद्दा दायर भई अदालतबाट रोक्का फुकुवा गरी नियमानुसार काम गर्न दिनु भनि आदेश भइसकेको अवस्थामा समेत रोक्का फुकुवा नगरी विभिन्न बहानामा घुस माग गरेको थियो ।
अख्तियारका शाखा अधिकृत पौडेल र नासु केसीलाई १० लाख घुस लिईसकेको अवस्थामा र महानिर्देशक पाण्डेलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिई अनुसन्धान हँुदा भ्रष्टचार कसुर गरेको ठहर भएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरुविरुद सो रकम बराबर बिगो दाबी गर्दै विशेष अदालतमा कैद सजायको माग दाबी गरेको छ ।