विश्वका होचा कलाकारको फिल्म चाँडै दर्शकमाझ

२८ मंसिर २०७४, बिहीबार ०९:१९

मन्जिल कन्दङ्वा
मंसिर २८, काठमाडौं ।
नेपालका दिपेन शाहा कुनै समय “विश्वका होचा व्यक्ति”का रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । पछि उनको स्थान चन्द्र बहादुर डाँगीले ओगटेका थिए ।

उनले अर्का हाँस्य कलाकार महादेव त्रिपाठीसँग पनि धेरै पटक स्टेज कार्यक्रममासँगै प्रदर्शन गरेका थिए । शाहले “झ्याइकुटी–झ्याइ” टेलिश्रृखलाबाट कलाकरीता सुरु गर्दै दर्शकमाझ परिचित हुँदै, चाँडै लोकप्रियता कमाउन सफल भएका थिए ।

नेपालका होचा कलाकार दिपेन शाहको १९ वर्षको उमेरमा दसखद निधन भएको थियो ्र शाहको इमाडोलस्थित किष्ट मेडीकल कलेजमा निधन भएको थियो । दिपेन शाहले अभिनय गरेको अन्तिम चलचित्र भने “जादुगर २ जोकर” हो जुन चाँडै नै प्रदर्शनीको तयारीमा छ ।

उक्त चलचित्र निर्देशक महादेव त्रिपाठीले राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल नेक्स्ट टप मोडल कार्यक्रममा दर्शकसामु उनले आफ्नो “जादुगर २ जोकर” चाँडै प्रदर्शनमा आउने बताएका छन् । उनले स्वर्गीय होचा कलाकार शाहप्रति पनि दुःख व्यक्त गरे ।