ल क्याम्पसका विद्यार्थीद्वारा थाले निःशुल्क कानुनी सहायता अभियान

२८ मंसिर २०७४, बिहीबार ०५:११

मंसिर २८, काठमाडौं । नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समूहद्वारा निःशुल्क कानुनी सहयताको अभियान सञ्चालन गरेका छन् ।

नेपालकै पहिलो पटक नेपालको कानुन र अधिकार बारेमा आम नागरिकलाई जानकार गराउन तथा उनीहरुको अधिकार स्थापित गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल ल क्याम्पसको आयोजनामा उक्त अभियान सञ्चालन गरेको त्यस क्याम्पसमा अध्ययनरत विद्यार्थी शिला कुँवारले बताईन् । उनले भनिन्–‘आर्थिक अभाव र पिछाडिएका समुदायको अधिकार र स्वतन्त्रताको पक्षमा उनीहरुको अधिकार सुनिश्चित गराउन हामीले यो अभियानको सुरुवात गरेका छौं,’ आर्थिक अभाव तथा पिछाडिएका वर्ग समुदायले आफ्नो अधिकार पाउनुपर्छ । त्यसैले यो निःशुल्का कानुनी सेवा परमर्शा प्रदान गर्ने थालिएको हो ।

 

भूमि अधिकारको पक्षमा विशेष छलफल तथा सचेतना जगाउँदै भूमिहिन नेपाली नागरिकलाई कानुनी रुपमा आफ्नो अधिकार सुनिश्चित गराउन सचेतना तथा परमर्शा कार्यक्रम समेत गर्ने भएको छ । मंसिर २७ गतेबाट सुरु भएको सो अभियान दशेभर सञ्चालन गर्ने क्याम्पसका अभियान्तहरु बताउँछन् । न्याय र स्वतन्त्रताका लागि भूमिबाट बञ्चित नागरिकलाई राज्यले दिनुपर्ने सुविधा र प्रक्रियाबारे जानकार गराउँदै आफ्नो अधिकारको लागि पहल गर्न सक्ने वातावरण सिर्जना बनाउन अभियानले सकारात्मक भूमिका खेल्ने उनिहरु बताउँछन् ।   हाल उपत्यकाका विभिन्न भूमिहिन बस्तीमा गएर कानुनी सेवा प्रदान गर्दै आइरहेको छ । यो अभियान काभ्रे, धादिङ, नुवाकोट, लगायत तराईका बस्तीहरुमा समेत सञ्चालन गर्ने बताउको छ ।