मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मानार्थ विद्यावारिधि

१५ मंसिर २०७४, शुक्रबार ०४:०७

मंसिर १५, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।

संयुक्त राज्य अमेरिकको क्यालिफोनियास्थित अन्र्तराष्ट्रिय अमेरिकी विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधि (अनररी डक्टर अफ बिजनेस एड्मिनिस्ट्रेसन) को उपाधि प्रदान गरिउको उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले बिहिवार प्रेस विज्ञप्ति जारी गरी जानकारी गरेका छन् ।

सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान दिएको भन्दै सो उपाधि प्रदान गरिएको हो । अमेरिकाको क्यालिफोनियास्थित लस एन्जलस सहरमा मंसिर १० गते आयोजना गरिएको विशेष समारोहमा रेग्मीलाई सो उपाधी प्रदान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का पूर्वध्यक्ष रेग्मीले विश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महत्व सधै रहने धारणा व्यक्त गरे । –गोरखापत्र