राजधानीमा आरोहण महाकाव्यको ऐतिहासीक विमोचन

१५ मंसिर २०७४, शुक्रबार ११:३२

मन्जिल कन्दङ्वा
मंसिर,१५ काठमाण्डौं ।

राजधानीको राष्ट्रिय नाचँघरमा आरोहण महाकाव्यको ऐतिहासीक विमोचन गरिएको छ ।

नेपाली साहित्य क्षेत्रका विभिन्न १३ जना सर्जकहरुले संयुक्त रुपमा लेखेको उक्त महाकाव्यमा तीन वर्षकी बालिका देखि आठ दशक पुगेका कविको पनि सहभागीता रहेको थियो । कविहरु गोपीकृष्ण शर्मा,राजेन्द्र सुवेदी,भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी ,श्रीहरि फूँयाल, प्रकाश चाँपागाई, जीवन अधिकारी, नारायण प्रसाद पोख्रेल, रामप्रसाद ज्ञवाली,लेखप्रसाद निरौला ,देवि नेपाल, रमेश शुभेच्छु र नारायण निराशीले उक्त महाकाव्यको लेख्नु भएको बताईएको छ ।

 

महाकाव्य विषेशतः बीसवटा छन्दमा आधारीत छ भने मूलतः महाकाव्य २०७२ सालको भूकम्पले पुराएको क्षति र पुनःनिर्माणको विषयमा आधारीत रहेको छ ।

 

स्वदेशमै कर्म गर्नु पर्छ भन्ने संन्देश महाकाव्यमा समावेश गरिएको छ । महाकाव्यभित्र गोर्खाको भूकम्प पीडीतको सचित्र वर्णन गरिएको समिक्षक प्राध्यापक ठाकुर प्रसाद पराजुलीको भनाई छ । महाकाव्य विमोचनमा साहित्य क्षेत्रमा कलम चलाउदैं आएका थुप्रै सर्जकहरुको उपस्थीति रहेको थियो ।