राजधानीको होटल अन्नपूर्णमा बामगठवन्धनले पत्रकार सम्मलेन गर्दै

२ पुष २०७४, आईतवार ०७:५९

पुस २, काठमाडौं ।

निर्वाचन सम्पन्न भए पश्चात उत्पन्न राजनीतिक माहोलका साथै भावी अवस्थाको वारेमा दिउसो ३ बजे राजधानीको होटल अन्नपूर्णमा संयुक्त बामगठवन्धनले पत्रकार सम्मलेन गर्दैछ ।


सम्मेलनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा पार्टी एकिकरणका कुरा लगायत वर्तमान काम चलाउ सरकारले गरेका नियुक्ती लगायतका विषयका साथै सरकार गठन सम्वन्धमा केन्द्रित रहने स्रोतले जनाएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि दुवै दलले पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। नयाँ सरकार गठनको ढिलाईका विषयमा वाम गठबन्धनले पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो। दुवै दलले राष्ट्रिय सभा विधेयकमा अवरोध खडा गरेर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन्।