डब्लुसिएल च्याम्पियनसीपअन्तर्गत युएईलाई नेपालको २२२ रनको लक्ष्य, ९५ बल खेलेका शरदले ५ चौका प्रहार गरे

२० मंसिर २०७४, बुधबार ०८:०७

मंसिर २०, काठमाडौं ।

शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक मद्दतमा नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको पहिलो खेलमा युएईलाई २२२ रनको लक्ष्य दिएको छ।

आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेलर ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो। नेपालका लागि शरद भेषावकरले नटआउट रहदै सर्वाधिक ८१ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ५४ रन जोडे। ९५ बल खेलेका शरदले ५ चौका प्रहार गरे। कप्तान पारस खड्का र सोमपालीले समान २० तथा दीलिप नाथले १६ रन बनाए भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे।
युएईका जहुर खानले २ विकेट लिए।

युएइको शेख जायद रंगशालामा उपकप्तान मल्लले २२.५ ओभर खेल्दै युएइको जहुर खानको बलमा एक रन लिँदै अर्धशतक कटाउन सफल भएका छन् । ७७ बल खेलेका ज्ञानेन्द्रले ५ चौका प्रहार गरेका छन् । दोश्रो विकेटको लागि शरद र ज्ञानेन्द्रले अहिलेसम्म ३४ रन साझेदारी गरेका छन् । आइसीसी विश्व क्रिकेट लिग च्यामपेनसिपको अन्तिम चरण अन्तर्गत युएईविरुद्घको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक (५४ रन) कटाएका हुन् ।