यातायात कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

१४ पुष २०७४, शुक्रबार ०३:४२

पुस १४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी अनुमति पत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने प्रक्रियामा गैरकानुनी रुपमा संलग्न भएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र एक शाखा अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले यसअघि पक्राउ परेका कर्मचारको बयानका आधारमा कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यामलाल ढकाललाई विहिवार कार्यालयबाटै पक्राउ गरेको हो ।

आयोगका सहन्याधिवक्ता एवम् प्रवत्तःा पद्मप्रसाद् पाण्डेयले कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाललाई नियन्त्रणमा लिइएको बताए । उनले भने–‘विदेशी सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने शन्र्दभमा भइरहेको छानबिनको निरन्तरतामा उहाँहरुलाई नियन्त्रणमा लिइएको हो ।’  अख्तियारले यातायात कार्यालयको निरीक्षण तथा खोजी गर्ने क्रममा दुतावासको सर्टिफिकेट र सिफारिसपत्र ठूलो मात्रामा फेला पारिएको अख्तियारले जनाएको छ । भट्टराई र ढकालको घटनामा संलग्नता लगायत विषयमा अनुसन्धन भइरहेको पनि अख्तियारले जनाएको छ ।

यातायात कार्यालय सुकेधाराले विदेशी अनुमतिपत्र नेपालीकरणमा अनिमियतता गरेको विषयमा यातायात व्यवस्था विभागले पनि छानबिन गरेको थियो । विभागले कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाल अनिमियततामा संलग्न भएको निष्कर्षसहित जिम्मेवारी मुक्त गरेको जानकारी बुधबार मात्र दिएको थियो ।  जानकारी संगै आवश्यक कारबाहीका लागि फाइल अख्तियार पठाएको थियो । तर, विभागले जिम्मेवारी मुक्त गरे पनि कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाललाई अख्तियार टोलीले विबहीबार कार्यालयबाट पक्राउ गरेको हो ।

अख्तियारले यातायात कार्यालय सुकेधारामा कार्यरत नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोखरेललाई आइतबार घुससहित पक्राउ गरेको थियो । साउदी अरबियाको सवारी चालक अनुमतिपत्र अधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसंग घुस लिँदै गरेको अवस्थामा पौडेल र पोखरेललाई अख्तियारले नियन्त्रणमा लिएको थियो । ६ हजार घुससहित अख्तियार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पौडेल र पोखरेलको बयान र विभागको सिफारिसका आधारमा कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाल पक्राउ गरेको हो । –गोरखापत्र दैनिक