मौन अवधि शुरु, मौन अवधिको पालना नगरे जरिवानाको साथै कारवार्ही

१९ मंसिर २०७४, मंगलवार ०६:१३

मंसिर १९ ,काठमाण्डौं ।
मंसिर २१ गते हुदै गरेको दोश्रो चरणको निर्वाचनकोलागि गएराती १२ बजेदेखि नै मौन अवधि शुरु भएको छ । मनोनयन दर्तापछि एक महिनाको प्रचारप्रसारको मिति सकिएको छ ।

हिजो उम्मेदवारहरुले अन्तिम चुनावी सभा र घरदैलो गरे । यसैअनुरुप मंगलवार आज देखि अव मौन अवधीको समयमा उम्मेदवारले मत माग्न पाउने छैनन् ।  निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्।् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचारप्रसार जन्य कुनै पनि किसीमका साम्रार्गी पोष्ट गर्न पाउने छैनन् ।  सञ्चारमात्तयमहरुले समेत मौन अवधलिाई अक्षरशः पालना गर्नुपर्ने हुन्छ । यसअवधीमा प्रचारप्रसारसंग सम्वन्धीत कुनै किसीमका साम्रागी श्रव्यदुश्य प्रकारण प्रकाशन गर्नु कानून विपरीत ठहरिने जनाईएको छ । यस अन्र्तगत रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पूर्णतया रोक लगाईएको छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । यसैगरि मोवाईल फोनको प्रयोगमार्फत मत माग्न पाइने छैन् । फेसबुक,भाइैबर लगायत सामाजीक सञ्जालका जुनसुकै माध्यमवाट आचारसहिंता विपरीतका गतीवीधि बर्जित मानिएको छ । यसैगरि दल र तिनका उम्मेद्वारहरुले आफना राजनीतिक दलहरुको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन्।

मौन अवधिको पालना नगरि जथाभावी गरेको खण्डमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्ने समेतको व्यवस्था रहेको छ । यसैगरि मदतान केन्द्रको ३०० मिटर आसपासमा रहेका निर्वाचन चिन्ह र प्रचारप्रसाका साम्रार्गी हटाएको हुनुपर्नेछ ।