मृत्युको नयाँ तथ्यांक

२९ मंसिर २०७४, शुक्रबार ०९:०९

मंसिर २९, काठमाडौं । यांगुन, (एजेन्सी)
गत अगस्टमा म्यानमारमा सामप्रदायिक हिंसा भड्किएयता कम्तीमा ६ हजार ७ सय रोहिंग्या मूश्लिम मारिएको मेडिसिन सान्स फ्रन्टियर्स (एमएसएफ)ले जनाएको छ ।

बंगलादेशमा सरण लिएर बसेका रोहिंग्यामाथि गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक निस्केको हो । म्यानमार सरकारले भने ४ सय जना रोहिंग्या मात्र मारिएको बताएको थियो । एमएसएफले यस तथ्यांकले हिंसाले निकै चर्को रुप लिएको स्पष्ट जनाएको छ ।

म्यानमारका सेनाले भने हिंसाकोे दोष आतंककारीहरुलाई दिँदै आफुले कुनै गलत काम नगरेको जनाएको छ । लाखौं रोहिंग्या बंगलादेश पलायन भएका थिए ।