महेशले पछारे दमननाथलाई , “बर्षौपछिको उम्मेदवारी फापेन ढुंगानालाई”

२४ मंसिर २०७४, आईतवार ०९:५४

मंसिर २४ , भक्तपुर ।
भक्तपुर २ मा पनि नेपाली काँग्रेसले आफनो जीतलाई सुनिश्चीत गर्न सकेन् ।

 

देशैभर जस्तो काँग्रेसभित्रका चर्चित अनुहारहरु पराजीतको श्रृखंलामा बे्क्र लाग्नुको साटो अहिल्य सम्म हार्नेको संख्याको पछिल्लो सूचिमा दमननाथ ढुंगाना परेका छन् । लामो समय राजनीतिबाट गुमनाम बसेका ढुगाँना २३ वर्षपछि भक्तपुर २ बाट चुनावी मैदानमा उत्रिएका थिए । तर उनले पनि विजयको माला पहिराउन पाएनन् ।

बामगठवन्धनको तर्फवाट चुनाव लडेका एमालेका युवा नेता मशेह बस्नेतले ढुंगानालाई झण्डै दोव्वर मतले हराईरहँदा भक्तपुरका कँग्रेसीजनमा ठूलै आँधीहुरी आएको देख्न सकिन्छ । पूर्व उद्योग मन्त्रीको पद समेत समालिसेका बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गरे भने काँग्रेस नेता ढुंगाना १८ हजार ६८७ मतमै रोकिए । यसैगरि नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले भने ५ हजार ४७१ मत प्राप्त गरिन् ।