भन्सार कर्मचारीको भष्ट्र प्रवृति विरुद्ध एजेन्टहरु आन्दोलित

५ पुष २०७४, बुधबार ०६:१८

दिनेश खड्का
पुष ५, विराटनगर
कर्मचारीहरुले भन्सार महसुल असुलीमा दुख दिएको भन्दै विराटनगर भन्सारका ऐजेन्टहरु अन्दोलित बनेका छन् ।

भन्सार कर्मचारीको भष्ट्र नियत प्रति असन्तुष्टि जनाउदै मंगलवार भन्सार एजेन्टहरुले संयुक्त रुपमा पेनडाउन समेत गरेका थिए । पेनडाउनका कारण मंगलवार विराटनगर भंसारका सम्पुर्ण कामकाज ठप्प वनेको थियो । ४ दिन अघि प्लास्टिक नेट कमले नेपाल भित्रीयाएको स्टेपलाईजर भन्सार कर्मचारीहरुले पास नगरी दिएपछि भन्सार एजेन्टहरु र भन्सार कर्मचारी विच विवाद शुरु भएको थियो । दुईपक्षविच उक्त विवाद चर्किएसगै एजेन्टहरुले भन्सार कर्मचारीको प्रवृति भष्ट्र भएको आरोप लगाउदै मंगलवारदेखि अन्दोलनमा उत्रिएका छन् ।

स्टेपलाईजरलाई जवरजस्ती र्टन्सफर्मर भनी पास नगरी दिएपछि आफुहरु अन्दोलनमा उत्रिनु परेको भन्सार एजेन्ट संघ विराटनगरका पुर्व अध्ययक्ष प्रविण जोशिको भनाई छ । कर्मचारीको नियतमा खोट भएकाले सहजरुप मालपास नगरेको जोशीले भन्सारका कर्मचारीलाई आरोप समेत लगाउनु भएको छ । उता भन्सार कार्यलय विराटनगरले भने स्पेलाईजरको संकेत नंम्वरमा शंका उत्पन्न भएकाले उक्त मालवस्तुलाई जाचवुझको लागि रोकिएर राखेको वताएको छ । भन्सार कार्यलय विराटनगर निम्ति प्रमुख शुशिल थापाका अनुसार विभागवाटनै जाचबुझका लागि निर्देशन आएकाले मालवस्तुलाई यथासिग्र पास गर्न नसकिएको वताउनु भएको छ ।

एजेन्टहरुले विराटनगर भनसार कार्यलयलाई स्पष्ट निर्णय दिन आजसम्मका लागि भनी एक दिने अल्टिमेटम समेत दिएको छ । उक्त समयभित्र विराटनगर भन्सारले स्पष्ट निर्णय नदिए एजेन्टहरुले अन्दोलनलाई थप सशक्त वनाएर लैजाने चेतावनी दिएका छन् ।