पोर्न भिडियो भेटेपछि उपप्रधानमन्त्री बर्खास्त

७ पुष २०७४, शुक्रबार ११:०९

पुस ७, काठमाडौं ।
बेलायती प्रधानमन्त्री थेरेसा मेका सबैभन्दा निकट मानिने मन्त्रीमध्ये एक डेमियन ग्रिनलाई बर्खास्त गरिएको छ । एक अनुसन्धानमा उनले मन्त्रालयका नियमलाई उल्लंघन गरेको पत्ता लागेपछि बर्खास्तगीमा परेका छन् ।


अनुसन्धानका क्रममा डेमिन ग्रिनले सन् २००८, उनको कार्यलयको कम्प्युटरमा पोर्न भिडियो भेटिएको थियो । त्यसबारे उनले गलत र भ्रामक बयान दिएका थिए । उनले लेखिका केट माल्टबीलाई सन् २०१५ मा असहज महसुस गरिएकोमा पनि माफी माग्नु परेको थियो ।