पेट्रोलियम पदार्थको मूल्यवृद्धि

५ पुष २०७४, बुधबार ०२:१९

पुस ५, काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एकरएक रुपैयाँका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १०१ तथा डिजेल र मट्टीतेलको ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणाली अनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले जानकारी दिए ।पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ । हाल निगमको मासिक घाटा १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो ।
रासस