पुर्व मन्त्री, सासंद देखि मेयर र अध्यक्ष चुनावी मैदानमा

१८ मंसिर २०७४, सोमबार १०:५९

पुष्कर भट्ट
मंसिर १८, कञ्चनपुर ।आशन्न मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि कञ्चनपुरमा पुर्वमन्त्री, साँसद, गाविस अध्यक्ष चुनावी मैदानमा उत्रेका छन् । निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवारले चुनावी अभियान तिव्र पारेका हुन् ।

पुर्वमन्त्री द्वय रमेश लेखक, एनपी साउद, पुर्व व्यवस्थापिका सदस्य दिवान सिह विष्ट, बहादुर सिह थापा र पुर्व दोधारा गाविसका अध्यक्ष द्वय मान बहादुर सुनार र बेल बहादुर राना चुनावी मैदानमा उत्रेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ र ३ बाट प्र्रतिनिधी सभा सदस्यका लागि काँग्रेसबाट एनपी साउद र रमेश लेखकले आ–आफ्ना क्षेत्रमा चुनावी अभियान तिव्र पारेका छन् ।  नेपाली काँग्रेसका नेता अफिलाल जोशीका अनुसार आइतबार क्षेत्र नम्बर ३ प्रत्यक्ष तर्फका उम्मेदवार रमेश लेखकले भीमदत्त नगरपालिका ९मा घरदैलो भेटघाट गरेका छन् । भने २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउदले शुक्लाफाँटा नगरपालिका ११ क्षेत्रमा चुनावी सभा गरेका छन् । चुनावी सभामा विभिन्न पार्टीबाट काँग्रेसमा प्रवेस गरेका छन् । यस्तै पुर्व सासद दिवान सिह विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागि निर्वाचनमा होमिएका छन् ।

विस २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा सदस्यमा निर्वाजित विष्ट यस पटक पनि चुनावी मैदानमा उत्रेका हुन् । चुनाव जितेपछि कञ्चनपुरको विकासमा योगदान गरेको भन्दै पुनः काँग्रेसले मुल्याङ्गकन गर्दै विष्टलाई नै प्रतिनिधी सभाका लागि उम्मेदवार बनाएका हुन् । विष्टले निर्वाचन क्षेत्रमा चुनावी अभियान तिव्र पारेको नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक धामीले बताए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेर चुनावी अभियानमा जुटिएको छ । अर्का पुर्व साँउद बहादुर सिह थापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यका लागि (ख) बाट उम्मेदवार बनेका छन् । यस अघि निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित थापाले आफुले विकास गरेको भन्दै पुनः पार्टीले उम्मेदवार बनाएको भन्दै चुनावमा होमिएका हुन् ।

पुर्व भीमदत्त नगरपालिकाका मेयर यज्ञराज जोशी प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर ३को (क)बाट उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जोशीले ७ नम्बर प्रदेशको पर्यटकिय विकास र प्राकृतिक स्रोत साधन उत्खननलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रेका छन् ।  निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यका लागि एउटै स्थानीय तह र एउटै वडाबाट दुई जना उम्मेदवार रोमाञ्चक प्रतिस्पर्धामा उत्रेका छन् । यस अघि दोधारा गाविसका अध्यक्ष समेत रहेका संयुक्त वाम गठबन्धनका उम्मेदवार मान बहादुर सुनार र नेपाली काँग्रेसका उम्मेदवार बेल बहादुर राना विच रोचक प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ ।

विस २०५९ मा दोधारा गाविस अध्यक्ष रहेका गठबन्धनका उम्मेदवार सुनार र २०५४ कै दोधारा गाविस अध्यक्ष बेल बहादुर राना विच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार एउटै ठाउँको भएकाले मतदातालाई समेत कसलाई भोट दिने भन्ने विषयमा समस्या परेको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवार दुवै आदिवासी जनजाति समुदायका हुन् । र (ख) मा पनि दुवै उम्मेदवारविच रोचक भिडन्त हुने देखिएको छ । उनीहरु दुवै थारु समुदायका उम्मेदवार हुन् । १ को (क) मा काँग्रेसबाट गोपाल गुरुङ्ग, बाम गठबन्धनबाट तारालामा तामाङ्ग र (ख)मा काँग्रेसबाट रामलाल राना र वाम गठबन्धनका तर्फबाट कुलबिर चौधरी रहेका छन् ।