न्यौपानेद्वारा लिखित उपन्यास ‘कैली’ को विमोचन

९ पुष २०७४, आईतवार ०३:५१

पुस ९, काठमाडौं । लेखक जमुना न्यौपानेद्वारा लिखित उपन्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वार प्रकाशित उक्त उपन्यासको ललितपुरको जावलाखेलस्थित बगैचा रेस्टुरेन्टमामा विमोचन भएको हो ।

उपन्यासमा गाउँबाट एसएलसी सकेर राजधानी छिरेकी युवती कसरी एक सम्भ्रान्त परिवारको युवकको आकर्षणमा पर्छिन् भन्ने विषयलाई उठान गरिएको छ ।  लेखक न्यौपानेले एक गाउँले युवती र एक बजारिया युवकको प्रेम र त्यहि कारण ती युवतीले अमेरिका अनि इन्डोनेसियासम्म गरेको यात्राको कथालाई पुस्तकमा समेट्न खाजेको बताईन् । उपन्यासले विदेशमा नेपाली महिलाहरुले भोग्ने समस्याहरुलाई समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा उजागर गर्न खाजेको न्यौपानेले दावि गरिन् ।

 

उपन्यासमा विद्यार्थी जीवनको यौवन समूहलाई इंकित गर्दै युवा उमेरमा आएको परिवर्तन र त्यसबाट आफू संयमता अपनउन नसक्दा अरुको सिकार बन्न पुगेको विषयवस्तुलाई समेत समेटिएको लेखक बताउँछिन् । युवा अवस्थामा अनेकौ सोँच उत्पन्न भए त पनि त्यलाई विवेकपूर्ण ढंगले आत्मसाथ गरेमा आफु दुर्घटनाबाट बच्न सक्ने उल्लेख छ ।   विमोचन कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, गीतकार डा. कृष्ण हरि बराल, संगीतकार चण्डिप्रसाद काफ्ले, गायक हेमन्त शर्मा लगायतको उपस्थिति रहेका थिए ।  उपन्यास विमोचन अघि नै बजारमा उपलब्ध भैसकेको छ ।