निर्वाचन अपडेट : हालसम्म कसले कति मत ल्याएर विजयी भए ?

२४ मंसिर २०७४, आईतवार ०१:४२

मंसिर २४, काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा भएको आमनिर्वाचनका मतपरिणाम तीव्र रुपमा सार्वजनिक हुँदै गएका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले ४४ स्थानमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हात पारेको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म ८ स्थानमा मात्र जित निकालेको छ ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपालले २ स्थान, राजपाले ३ स्थान र नयाँ शक्ति पार्टीले १ स्थानमा जित हात पारेका छन भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।  पछिल्लो मतपरिणामअनुसार रुपन्देही क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका भरतकुमार शाह ३३०८८ मतसहित विजयी भएका छन् । उनका नितटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिलाराम आचार्यले २०४३८ मत प्राप्त गरे ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका घनश्याम भुसाल ३२८६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका दीपक बोहोराले २७४२२ मत प्राप्त गरे ।   इलाम प्रतिनिधिसभा क्षेत्र नं। १ मा नेकपा एमालेका झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका छन् । उनका नितकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९६३७ मत प्राप्त गरे ।   झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका एलपी साँवा ४३५१५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २७८२२ मत प्राप्त गरे । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी ३९२४२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञबहादुर थापाले २५८२६ मत प्राप्त गरे ।  इलाम क्षेत्र नं। २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ ३६५१४ मत ल्याएर विजयी भए । उनका निकतटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६८६० मत प्राप्त गरे ।

 

पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सोमप्रसाद पाण्डे ३४५९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४५२४ मत प्राप्त गरे ।  डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २८०४४ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खगराज भट्टले २१११५ मत प्राप्त गरेका छन् ।  रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका अफताव आलम १८८३३ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका किरण साहले १६८६२ मत प्राप्त गरेका छन् ।  मकवानपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका कृष्ण दाहाल ४०६३० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका कमल थापाले ३४५५८ मत प्राप्त गरे ।   भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बस्नेत ३६४१२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८६७५ मत प्राप्त गरे ।

 

मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका विरोध खतिवडा ४४७४४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले ३२६८५ मत प्राप्त गरिन् ।  धनुषा क्षेत्र नम्बर ३ बाट राजपाका राजेन्द्र महतो ३०७४२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विमलेन्द्र निधिले २७८२८ मत प्राप्त गरे ।  सप्तरी क्षेत्र नम्बर ३ बाट राजपाका चन्द्रकान्त चौधरी २२५८४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९४०१ मत प्राप्त गरे ।  बाँके क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका इस्यिाक राई २१ हजार ५२५ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका पशुपति दयाल मिश्रले १५ हजार ६४१ मत प्राप्त गरे ।   रुपन्देहीको क्षेत्र नम्बर २ मा एमालेका विष्णुप्रसाद पौडेल ४४ हजार ०२ मतले विजयी हुनु भएको छ । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका युवराज गिरी २१ हजार ९४६ मत प्राप्त गरे ।

 

कास्की ३ मा एमालेका जगतबहादुर विश्वकर्मा ३२ हजार ६ सय ९० मतसहित निर्वाचित भएका छन भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका शुक्रराज शर्माले २४ हजार १६४ मत प्राप्त गरे ।  यस्तै गोरखा १ मा माओवादीका हरिराज अधिकारी २९ हजार ८६० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६४३ मत प्राप्त गरे ।   ललितपुर १ मा एमालेका नवराज सिलवाल ३६ हजार ९४६ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका उदय शम्शेर राणालाई ३० हजार ७२९ मत प्राप्त गरे ।  धनकुटामा एमालेका राजेन्द्र राई ३७ हजार ३३३ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापालाई २६ हजार ८७४ मत प्राप्त गरे ।  यस्तै भोजपुरमा माओवादीका सुदन किराती ३४ हजार ३९४ मतसहित विजयी भए । निकटतम् प्रतिद्वन्दी कांग्रेसका उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरे ।   रौतहट १ मा राजपाका अनील झा २१ हजार ८५ मतसहित विजयी भएका छन् उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णा यादवले १५ हजार ४८४ मत प्राप्त गरे ।

 

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट ३४ हजार ६१८ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका चन्द्र केसीले २० हजार १५७ मत प्राप्त गरे ।  गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई ३१ हजार ८०७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी माओवादीका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरे ।   यस्तै दाङ २ मा माओवादीका कृष्णबहादुर महरा ३९ हजार ९६० मतसहित विजयी भए । निकटतम् प्रतिद्वन्दी कांग्रेसका राजु खनालको २६ हजार ३६ मत प्राप्त गरे ।  काठमाडौं २ मा एमालेका रामबीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भए । कालिकोटमा माओवादीका दुर्गाबहादुर रावत २१११२ मतसहित विजयी भएका छन् । यस्तै खोटाङमा एमालेकै विशाल भट्टराई ३५ हजार ३६६ मतसहित विजयी भए ।  उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका सरस्वती बजिमयले २१ हजार ६१३ मत प्राप्त गरिन ।

 

लमजुङमा माओवादी केन्द्रका देबप्रसाद गुरुङ ४९ हजार ४६८ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका दिलबहादुर घर्ती ३१ हजार ३४ मत प्राप्त गरे ।  दैलेख १ मा एमालेका रबीन्द्रराज शर्मा २३ हजार ७६७ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी राप्रपाका दीपक शाहीले १७ हजार २०३ मत प्राप्त गरे ।  काठमाडौं २ मा एमालेका माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेस उम्मेदवार दीपक कुईकेलले १४ हजार ९०३ मत प्राप्त गरेका छन् ।  कास्की २ मा एमालेका रबीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका छन् ।