नक्कली कम्युनिष्टलाई जेल हल्नुपर्छ : कलाकार श्रीकृष्ण सिम्खडा (भिडियो सहित हेर्नुस्)

८ पुष २०७४, शनिबार ०३:३६

पुस ८, काठमाडौं ।  कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले नेपालका नक्कली कम्युनिष्टहरुलाई जेल हल्नु पर्ने बताए । आयोखबरको विशेष कार्यक्रममा भिम लामाले गरेको कुराकानीमा बोल्दै कलाकार सिम्खडाले बाहिरी कम्युनिष्टको आबरण देखाएर भित्र पुँजीवादी सोच र धनढ्याको सुखभोग गर्दे आएका नक्कली कम्युनिष्टलाई जेल हल्नुपर्ने बताए ।


भरर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राजनीतिक अस्थिरता अन्त्य हुने दावी गर्दै राजनीतिक दलहरुले अब विकृत राजनीतिक परिपाटीलाई त्याग्नु पर्ने बताए । यो निर्वाचनले मुलुकमा कम्युनिष्टको बहुमत आएको र त्यसलाई सही तरिकाले आत्मसाथ गर्ने हो भने जनताले साथ दिने बताए । यति कम्युनिष्ट हो भने निजी सम्पत्ति जोड्ने लालचाबाट मुक्त हुनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै कम्युनिष्टको नाममा शासन गर्ने हो भने ओठ सुकाएर हिड्ने गरीव चप्पल लगाउन नसक्ने जनतालाई सडकमा उतारेर आफू चाँही एकदम ठूला–ठूला हलीसाम विल्डिङमा बसेर कम्युनिष्टहरुलाइै नै गिलाउने जस्तो कार्य नगर्न चेतावानी दिए । तर यो अवसर कम्युनिष्ट वा कुनै पार्टीको बहुमत आउनु पथ्र्यो त्यो आएको छ । अव जनताको मतलाई सम्मान गरेर परिवर्तन र विकास गर्न स्थायी र दीगो रुपमा सोच्न आग्रह गरे । बाँकी भिडियोमा हेर्नुहोस् ।