डाक्टरहरुको लापर्वाहीले विरामीको मृत्यु, १० लाख सहमतीपछि आफन्तले शव बुझे

६ पुष २०७४, बिहीबार ०६:१५

तेजेन्द्र के.सी. पुस ६, गुल्मी ।

डाक्टरहरुको लापर्वाहीका कारण बिरामीको मृत्यु भएपछि झन्डै ४ घण्टा तनाव रहेको गुल्मीको एक अस्पतालमा अन्तत सहमती जुटेको छ ।

 

रेसुङ्गा अस्पतालमा मगंलवार राती मृत्यु भएकाका परिवारलाई अस्पतालले १० लाख दिने सहमती भएको छ । डाक्टरहरुको लापर्वाहीका कारण रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक जना विरामीको मगंलवार राती मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको हो । दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका ६ अर्जेका ५६ वर्षीय शिवलाल अर्यालको परिवारले क्षतीपूर्ति वापत १० लाख पाउने सहमती भएपछि आफन्तहरुले शव बुझेका हुन ।

अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका विरामीको मृत्यु भएको भन्दै आफन्तले मृतकको शव उठाउन मानेका थिएनन । उनीहरुले मगंलवार रातीदेखि बुधवार दिउसोसम्म नारावाजी गदै अस्पताल, जिल्ला प्रशासन र प्रहरी कायाृल्य घेराउ समेत गरेका थिए । मृतकका आफन्त र अस्पताल प्रशासन सहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतकका परिवारलाई क्षतीपूर्ति वापत १० लाखसहित परिवारलाई आजीवन स्वास्थ्य उपचारको व्यबस्था मिलाउने गरी सहमती भएको छ । मालिका गाउँपालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले अस्पतालका लागि यो घटना नौलो नभएको बताए ।

उनले पहिले पनि अरु धेरै घटना घटेका तर पहुँचवालाको लगानी भएकाले लुकाएर बाहिर आउन नदिएको आरोप लगाए । ‘यो अर्जेको मात्र बिषय होइन, भोली धेरैले खेप्ने समस्या हो,’उनले भने,‘तर प्रहरीले बल प्रयोग गर्दा सिङ्गा सदरमुकाम मौन छ ।’ यो कुराबाट नै अस्पतालको दादागिरी प्रष्ट हुने उनले बताए । रेसुङ्गा अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । उपचारका लागि अस्पतालमा ल्याइएका बावुको मृत्यु भएपछि उनका २१ वर्षीय छोरा अहिलेसम पनि बेहोस अवस्थामा रहेका छन । मृतक अर्याललका ४ छोरी र १ छोरा र श्रीमती छन् ।