ठेक्काको कमिसन नमिलेपछि गौचन हत्या भएको प्रहरीको अनुसन्धान, मुख्या योजनाकार बस्न्यात पक्राउ

१८ मंसिर २०७४, सोमबार ०१:५६

मंसिर १८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद्कुमार गौचनको हत्याका प्रमुख योजनाकार गुण्डा नाइके समीरमान सिंह बस्न्यतलाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरी नेपाल ल्याएर सार्वजनिक गरेको छ ।

 

लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहँदै आएका गुण्डा नाइके बस्नेतको निर्देशनमा रुपन्देहीको युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, अर्का गुण्डा नाइके दावा लामामाथी गोली प्रहार गरेर घाइते बनाउने र महासंघका अध्यक्ष गौचनको हत्या भएको प्रहरीले जानकारी दिएको छ । गुण्डा नाइके बस्नेतको निर्देशनमा युवा संघका अध्यक्षा तिवारीको २०७३ पुस ४ गते, गुण्डा नाइके लामालाई गौरीघाट नजिकै रहेको दिव्य पार्टी प्यालेस नजिकै २०७३ चैत २९ गते गोली हानी घाइते बनाएको र महासंघका अध्यक्ष गौचनको गत असोज २३ गते नयाँ बानेश्वरमा हत्या भएके थियो ।    केही वर्षअघि अपराध कर्मलाई पेसा बनाउँदै आएको बस्नेतमाथी प्हरीले निगरानी गर्न थालेपछि उनी नेपालभन्दा बाहिर रहेर गुण्डागर्दीलाई निरन्तरता दिदैँ आएका थिए । महासंघका अध्यक्ष गौचनको हत्या गरेपछि भारतबाट प्रहरी र सञ्चारकर्मीलाई फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए । गोली हानी हत्या गरिएको गौचनको स्वामित्वमा रहेको डाँफे कन्स्ट्रक्सनको शेयर बस्न्यातलाई दिने भनि गजुरमुखी कन्स्ट्रक्सनका सञ्चालक कुमार घैंटेमार्फत २ करोड ६० लाख लगानी गरेको अनुसन्धानका क्रममा खुलेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायब महानिरिक्षक पुस्कार कार्कीले जानकारी दिए ।

 

लामो समयदेखि ठेक्कापटट गर्दै आएका गौचनले गुण्डागर्दीमा संलग्न रहँदै आएका व्यक्तिलाई प्रयोग गरी ठेक्का हत्याउने र उनीहरुलाई विभिन्न् बहानामा कम्पनीको शेयर दिने भन्दै रकम दिने गरेको रहस्य पनि प्रहरीले पत्ता लगाएको छ । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटे को लगानीमा सञ्चालित गजुरमुखी कन्स्ट्रक्सनमार्फत २ करोड ५० लाख डाँफे कन्स्ट्रक्सन मा लगानी गरेको भए पनि उक्त रकममध्ये १ करोड अभियुक्त बस्न्यातको भएको डीआइजी कार्कीले जानकारी दिए ।  प्रहरी इन्काउन्टरमा घैँटे मारिएपछि अभियुक्त बस्नेतले गौचनलाई २ करोड ५० लाख रकम पुरै फिर्ता गर्न दबाब दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । गौचनले रकम फिर्ता गर्न आनाकनी गरेपछि बस्न्यातले गौचनको हत्या गर्ने योजना बनाएर र्सासुटर लोप्साङ लामालाई प्रयोग गरी हत्या गरेका थिए ।   बस्न्यातले वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्का गौचनले पारेको र उक्त ठेक्काको रकम १२ अर्बको २ प्रतिशत कमिसन मागेका थिए । केही ठेक्केदारलाई सेटिङ गरेर ठेक्का पारेका गौचनले २ प्रतिशत कमिसन दिन आनाकानी गर्नु पनि हत्याको मुख्या कारण रहेको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

पछिल्लो समयमा लामाले दुर्गा तिवारी, दावा लामा र शरद् गौचनमाथी गोली प्रहर गरेको पनि प्रहरीले जानकारी दिए । गत वर्ष रुपन्देहीमा भएको तिवारी हत्याकण्डाको जिम्मेवारी मनोज पुनले लिएको भए पनि त्यसको मुख्य योजनाकार भने बस्नेत नै रहेको डिआइजी कार्कीले जानकारी दिए । दावा लामालाई गोली हान्ने योजना बस्न्यातले बनाएको र लोप्साङ लामाले अमरबहादुर रानामगरलाई प्रयोग गरी हत्याको प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । बस्न्यातसहितको मनोज पुनको टोलीले गौचनको हत्या गरेपछि बस्नेत र पुनको समूहमा विवाद उत्पन्न भएका कारण पुनले बस्न्यातलाई छाडेर आफ्नो नयाँ समूह बनाएका थिए भने बस्नेतलाई प्रहरीले खोजी गरेपछि बस्नेत समूहको नेतृत्व लोप्साङ लामाले गरेको पनि प्रहरीले बताएको छ । गौचनको हत्या पछि भागेर भारतको बैंग्लोरमा पुगेका बस्नेत र पुनको बीचमा तीन झापड हानेर आफ्ना सेन्टरबाट लखेटेपछि बस्नेत र पुनबीच अर्को युद्ध शुरु भएको प्रहरीको अनुसन्धानमा देखाएको छ । प्रहरीले गौचनको हत्याकाण्डमा संलग्न रहेका मुख्या योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङ्तान, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरेको छ । – नेपाल समाचारपत्र