ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ को कडा आलोचना

१८ मंसिर २०७४, सोमबार ०२:०१

मंसिर १८, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ (एफबीआई) को कडा आलोचना गरेका छन् ।

राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् । अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले आलोचना गरेका हुन् । एफबीआईका पूर्व निर्देशक जेम्स कूमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरे ।

 

चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको पनि उनले ठाडै अस्वीकार गरे ।  एफबीआईका पूर्व निर्देशक मूलरको नेतृत्वमा भइरहेको अनुसन्धानमा एफबीआईका एक अफिसरले ट्रम्पविरोधी पत्र पठाएकामा मूलरले उनलाई हटाइदिएका थिए । आफ्नो सजाय कम गर्नका लागि मूलरको अनुसन्धानमा सघाउने भन्दै फ्लिनले अघिल्ला बयानमा आफूले झूठो बोलेको वक्तब्य दिएपछि ट्रम्प एफबीआईप्रति नै आक्रोशित बनेका हुन् ।

यसक्रममा ट्रम्पले आफ्नी प्रतिष्पर्धी हिलारी क्लिन्टनप्रति पनि प्रहार गरेका छन् । (एजेन्सी)