चुनावपछि विजय उत्सावमा भेट्ने वाचासहित ओलीले गरे चुनावी अन्तिम सम्वोधन

१६ मंसिर २०७४, शनिबार ११:२९

मंसिर १६, झापा । २१ गते हुने दोस्रो चरणको चुनावको मौन समयको दुई दिन अघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रको चुनावी अभियानको अन्तिम सभा भएको व्यक्त गरेका छन् ।

आयोजित सभालाई सम्बोधन गर्दै झापा ५ का उम्मेदवार समेत रहेका ओलीले आफ्नो क्षेत्रका मतदातासँग चुनावपछि भेट्ने बताए । उदयपुर, काठमाडौं चितवन, धनुषा लगायतका क्षेत्रमा जानु पर्ने भन्दै उनले भने, ‘मसँग भोलि र पर्सिको दुई दिनको समय छ । यो दुई दिन अरु जिल्लामा मैले समय दिनु पर्नेछ । दमकका लागि यो नै अन्तिम सभा हो । चुनावपछि विजय उत्सावमा भेटौंला ।’

यो पटक ओलीले आफ्नो क्षेत्रमा धेरै समय दिएका छैनन् । उनी अधिकांश समय वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न विभिन्न स्थानमा पुगेका छन् ।  झापा ५ मा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।